लाभांश पाउन नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो आज सर्वाधिक कारोबार

२४ श्रावण २०७९, मंगलवार १५:०५

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ ।

आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर २ अर्ब ८१ करोडमा सीमित हुन पुगेको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा नागरिक लगानी कोष रहेका छन् । कम्पनीको आज लाभांश सुरक्षित गर्ने अन्तिम दिन भएको कारण पनि लाभांश पाउन लगानीकर्ताहरुल सो कम्पनीको शेयर किन्न झुम्मिएका हुन् ।

कोषको आज एकैदिन १५ करोड १० लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको १३ करोड ८ लाख, हिमालयन डिस्टिलरीको १० करोड ७८ लाख, नबिल बैंकको १० करोड ४२ लाख र नेपाल टेलिकमको ७ करोड ७८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*