शेयरबजारमा भारी गिरावट, नेप्से ४५ अंकले घट्दा सबै उपसूचक राताम्य

२४ श्रावण २०७९, मंगलवार १५:११

काठमाडौं । शेयरबजारमा आज भारि गिरावट आएको छ । साताको पहिलो दिन झिनो सुधार देखिएको शेयरबजार त्यसयताका दिनमा घट्न पुगेको छ ।

आज नेप्से परिसूचक ४५ अंकले घटेर २०६० को विन्दुमा पुगेको छ । नेप्से घटेसँगै कारोबार रकम समेत घटेर २ अर्ब ८१ करोडमा सीमित हुन पुगेको छ ।

आज सूचीकृत २२२ कम्पनीको ६६ लाख ४६ हजार ३६ कित्ता शेयर किनबेच हुँदा पौने ३ अर्ब रुपैयाँको कारोबार भएको छ ।

नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक प्रतिशतका आधारमा अन्य समूहको ४.८४ प्रतिशतले घटेको छ भने रुपैयाँको आधारमा विकास बैंक र माइक्रोफाइनान्स समूहको १२५ रुपैयाँले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*