नेप्सेमा एनटीसीको तीन करोड कित्ता बोनस शेयर सूचीकृत

२४ श्रावण २०७९, मंगलवार १५:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल दुरसंचार कम्पनी लिमिटेड (एनटिसी)को बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको साधारणसभाबाट पारित भएको २० प्रतिशत दरका ३ करोड कित्ता बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सूचीकृतपश्चात उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*