कारोबारको पहिलो दिन नै हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयरमा नकारात्मक सर्किट

२५ श्रावण २०७९, बुधबार १५:३१

काठमाडौं । शेयरबजारमा आज ५.११ अंकको गिरावट आएको छ । नेप्से घटेर आज २०५७ को विन्दुमा कायम हुन पुगेको छ ।

सो अंकले घट्दा आज सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर घट्न पुगेको छ । साविक हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरपछि एकीकृत कारोबार सुरु भएसँगै हिमालयन एभरेष्यट इन्स्योरेन्सको शेयर अघिल्लो दिन नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कारोबारमा आएको पहिलो दिन नै सो कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको हो । त्यस्तै, हिमालयन पावर पार्टनरको ३.७२ प्रतिशत, गुडविल फाइनान्सको ३.४५ प्रतिशत, सिद्धार्थ इक्विटी फण्डको ३.३१ प्रतिशत र लक्ष्मी लघुवित्तको ३.२६ प्रतिशत अंकले घट्न पुगेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*