सिद्धार्थ क्यापिटलका दुई फण्डद्धारा लाभांश घोषणा, बुकक्लोज कहिले ?

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडको दुई फण्डद्धारा लाभांश घोषणा गरिएको छ । क्यापिटलको ‘सिद्धार्थ इक्विटी फण्ड’ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
क्यापिटलको साउन २५ गते बसेको संचालक समितिको बैठकले आव २०७८।०७९ को मुनाफाबाट सिद्धार्थ इक्विटी फण्डका इकाईधनीलाई ९ प्रतिशत दरका १३ करोड ५० लाख रुपैयाँ प्रतिफल र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरुलाई १० प्रतिशत दरका १२ करोड रुपैयाँ लाभांश दिने घोषणा गरेको हो ।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इक्विटी फण्डले लाभांश प्रयोजनका लागि यहि भदौं ७ गते बुकक्लोजको मिति तोकेको छ । यसर्थ भदौं ६ गतेसम्म कायम शेयरधनीले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।













