दुई हाइड्रोपावरको शेयरमा सर्किट

२६ श्रावण २०७९, बिहीबार १३:२२

काठमाडौं । बिहिबार शेयरबजारमा दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

कारोबारमा आएदेखि हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट लागेर शेयरमूल्य ३३३ रुपैयाँ ६० पैसा पुगेको छ । त्यस्तै, अपर हेवाखोलाको आइपीअ‍ो हिजोमात्रै नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो ।

कम्पनीको आइपीओ १३० रुपैयाँदेखि कारोबार खुलेपनि उच्च सर्वाधिक माग भएका कारण कम्पनीको शेयर ९.९८ प्रतिशतले बृद्धि भई शेयरमूल्य १४३ रुपैयाँ २० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*