साहज उर्जाको खुद नाफा २९ प्रतिशतले बृद्धि, इपीएस कति ?

काठमाडौं । साहज उर्जा लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको नाफामा उल्लेख्य सुधार देखिएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ७१ करोड ५३ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको तुलनामा २९.७९ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले ५५ करोड ११ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी खासै नबढेपनि अन्य आम्दानीमा सुधार देखिएसँगै नाफा बढ्नमा टेवा पुगेको हो । समिक्षा अवधिसम्म कम्पनीको अन्य आम्दानी ४ अर्ब ७२ करोड ५२ लाख रुपैयाँ रहेको छ । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीको यस्तो आम्दानी ३ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो । समिक्षा अवधिसम्म कम्पनीको संचालन मुनाफा पनि ५५ करोड ११ लाख रुपैयाँबाट बढेर ७१ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
हाल ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा २ अर्ब २ करोड रुपैयाँ संचिति छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.४४ रुपैयाँ छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १५७.८७ रुपैयाँ, मूल्य आम्दानी अनुपात २२.५१ गुणा रहेको छ ।













