आम्दानीसँगै बुटवल पावरको नाफा र इपीएस घट्यो

२९ श्रावण २०७९, आईतवार ०८:३३

काठमाडौं । बुटवल पावर कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा २६ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा अघिल्लो आवको तुलनामा ४७.४० प्रतिशतले घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसैअवधिमा कम्पनीले ५० करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी ६४ करोड ६१ लाख रुपैयाँबाट बढेर ७७ करोड ५० लाख रुपैयाँ पुगेको छ । तर अन्य आम्दानीमा कमी आएपछि बुटवल पावरको खुद नाफा घट्न पुगेको हो ।

अन्य आम्दानी यस अवधिसम्म ६८ करोड ७७ लाख रुपैयाँबाट घटेर गत असार मसान्तसम्ममा ४ करोड २९ लाख रुपैयाँमा सीमित भएको छ । यस्तै, कम्पनीको प्रशासनिक खर्चमा पनि केही वृद्धि भएकाले पनि नाफामा प्रभाव परेको हो ।

बुटवल पावरको शेयर पुँजी ३ अर्ब २४ करोड ६३ लाख रुपैयाँ र अन्य इक्विटी ३ अर्ब ७४ करोड ९३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी घटेर ८ रुपैयाँ १३ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी १७ रुपैयाँ रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ २१५ रुपैयाँ ५० पैसा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*