आम्दानी बढेपनि ङादी ग्रुप पावरको नाफा घट्यो, इपीएस ऋणात्मक

२९ श्रावण २०७९, आईतवार ११:२८

काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ६१ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा गिरावट आएको छ । यस अवधिसम्म कम्पनीको नाफा अघिल्लो आवको तुलनामा चौथो ३५.१९ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म ङादी ग्रुप पावरले ११ करोड ७४ लाख ८८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म आइपुग्दा कम्पनीको विद्युत बिक्री आम्दानी १२ करोड ७५ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यो आम्दानी अघिल्लो आर्थिक बर्षको तुलनामा ४४.४५ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८ करोड ८३ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, कम्पनीको चुक्ता पूँजी ७९ करोड ६९ लाख ३२ हजार रुपैयाँ रहेको छ । कम्पनीको रिटेन अर्निङको आकार ८ करोड ३४ लाख ५१ हजार रुपैयाँ रहेको छ । चौथो त्रैमासम्ममा कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी १०.७७ रुपैयाँ ऋणात्मक रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १११ रुपैयाँ ८ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*