शिवम् सिमेन्ट्समा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

३० श्रावण २०७९, सोमबार १५:०५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८  अंकले बढ्न पुगेको छ ।

बैंकर्स संघले भदौ महिनामा बैंकहरुको ब्याजदर नबढाउने कुराले आज शेयरबजार एकाएक बढ्न पुगेको हो । नेप्से परिसूचक बढेसँगै आज  शेयरबजारमा २ अर्ब ४३ करोड माथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्को शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन २१ करोड २ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ५५ लाख, हिमालयन डिस्टिलरीको ९ करोड ४१ लाख, नेपाल टेलिकमको ६ करोड ८५ लाख र अरुण भ्याली हाइड्रोपावरको ६ करोड १४ लाख रुपैयाँमाथिको कारोबार भएकोछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*