शेयरबजारमा छायो हरियाली, नेप्से ५५ अंकले बढ्दा सबै सूचक चम्किए

३० श्रावण २०७९, सोमबार १५:२५

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयरमार्केट आज ५५.८८ अंकले बढेर २०६५ को विन्दुमा कायम भएको छ ।

नेपाल बैंकर्स संघको बैठकले भदौ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर यथावत राखि नबढाउने कुराले पनि आज शेयरमार्केट एकाएक बढ्न पुगेको हो । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३ करोड माथिको कारोबार भएको छ ।

शेयरबजारमा सुधार आएसँगै आज १३ उपसूचकमा नै हरियाली छाएको छ । अघिल्लो दिन सबै राताम्य भएको सूचकमा आज हरियाली छाउँदा सर्वाधिक फाइनान्स सूचक चम्किएको् छ । फाइनान्स समूहको ७.३८ प्रतिशतले बढेको छ भने अन्य समूहको ६.२७ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*