तीन हाइड्रोपावरको आइपीओ आजदेखि कारोबारमा, कसको कतिमा खुल्यो ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन हाइड्रोपावरको आइपीओ सूचीकृत भएको छ । मंगलबार सूचीकृत भएको मन्दाकिनी हाइड्रोपावर, श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयर आजदेखि कारोबारमा आएको छ ।
नेप्सेमा मन्दाकिनी हाइड्रोपावरको ओपनिङ्ग रेञ्ज २३७ रुपैयाँ ३० पैसा, श्वेत गंगाको २६९ रुपैयाँ र अपर सोलु हाइड्रोको ३२४ रुपैयाँ ६० पैसाबाट कारोबार खुलेको छ ।
सो मध्ये अपर सोलुको शेयर यो समाचार तयार पार्दा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर उच्च खरिद माग भएको कारण शेयरमा सर्किट लागेको हो । शेयरबजार खुलेको केही बेरमा नै अपर सोलुको शेयर ९.९८ प्रतिशतले बढेर शेयरमूल्य ३२४ रुपैयाँ ६० पैसा पुगेको छ ।
त्यस्तै, यो समाचार तयार पार्दासम्म मन्दाकिनीको ४६ हजार ५१५ कित्ता, श्वेत गंगाको ४७ हजार ६६० कित्ता र अपर सोलुको ४४ हजार १५१ कित्ता शेयर माग गरिएको छ ।













