लक्ष्मी क्यापिटलको ‘शुभ लक्ष्मी कोष’को इकाईमा आवेदन दिने आज अन्तिम दिन

२ भाद्र २०७९, बिहीबार १०:१८

काठमाडौं । लक्ष्मी क्यापिटल लिमिटेडको फण्डको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । साउन १९ गतेदेखि निष्काशनमा ल्याएको उक्त खुलामुखी म्युचुअल फण्डको इकाईका लागि आजसम्म मात्रै आवेदन दिन सकिनेछ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने शुभ लक्ष्मी कोष निष्काशनमा ल्याएको थियो ।

सो योजना अन्तर्गत क्यापिटलले प्रतिइकाई १० रुपैयाँ दरको ५ करोड इकाईमध्ये न्यूनतम ७५ लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रबद्र्धक लक्ष्मी बैंकलाई सुरक्षित गरि ४ करोड २५ लाख इकाई निष्काशन गरेको हो । सोमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५ लाख इकाई निष्काशन गरेको हो ।

सो इकाईका लागि लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम ५० लाख इकाईका लागि आवेदन दिन सकिनेछ ।

सो कोषको इकाईका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । यो फण्डको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*