आज साँझ साढे ५ देखि मेरो शेयरसहित सिडीएसको सम्पूर्ण सेवा नचल्ने, यस्तो छ कारण
२ भाद्र २०७९, बिहीबार १२:१५

काठमाडौं । सिडीएस एण्ड क्लियरिङ (सिडीएससी)ले संचालन गरेको मेरो शेयरको वेबसाइट आज साँझ ५ बजेदेखि नचल्ने भएको छ ।
सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भर र्याकमा स्थानान्तरण गर्नुपर्ने भएकोले सूचना जारी गर्दै आज साँझ साढे बजेदेखि एकदिनसम्म सिडीएससीले संचालन गरेको सम्पूर्ण सेवाहरु नचल्ने जनाएको छ ।
सिडीएसका अनुसार सिडीएससीले संचालन गरेका मेरो शेयर, सि–आस्वा, वेब सिडीएएस, सिएनएस लगायतका सम्पूर्ण सेवाहरु आज साँझ ५ बजेदेखि एकदिनसम्म चल्ने छैनन् ।














