विद्युत बिक्री आम्दानी बढेसँगै युनाइटेड इदी मार्दीको नाफा र इपीएस दुबै बढ्यो

३ भाद्र २०७९, शुक्रबार ११:१२

काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ करोड १६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफामा सुधार देखिएको छ । गत आवको यस मुनाफा अघिल्लो आवको तुलनामा ११.९८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै खुद नाफा बढ्न पुगेको हो । यस अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १८ करोड ६६ लाख रुपैयाँ रहेकोे छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.७६ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १३ करोड ४५ लाख रुपैयाँ कमाएको थियो ।

४२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ करोड २३ लाख रुपैयाँ सञ्चित रहेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ २९ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ४७ पैसा र मूल्य आम्दानी अनुपात ५९.४० गुणा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*