रिडी र अपिमा झुम्मिए लगानीकर्ता, आइतबार यी कम्पनीको भयो सर्वाधिक कारोबार
५ भाद्र २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक मार्केट क्लोज हुने बेला सम्म ७.७२ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्से घटेसँगै शेयरबजारमा २ अर्बमाथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, अपि पावरको १० करोड, नेष्डो समृद्ध लघुवित्तको ७ करोड ५१ लाख, एनटिसीको ६ करोड ५४ लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको ४ करोड ७७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














