दुई हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले कमाए
५ भाद्र २०७९, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । पि–ओपनिङ सेसनमा बढेको नेप्से परिसूचक मार्केट क्लोज हुने बेला सम्म ७.७२ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेपनि आज केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको छ । आज दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।
त्यस्तै, एनएमबि ५० को ४ प्रतिशत, श्वेत गंगा हाइड्रोपावरको ३.५६ प्रतिशत र सोल्टी होटलको ३.३१ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।














