हिमाल दोलखा हाइड्रोपावरको सवा २८ करोडमाथिको कारोबार, यी हुन् आज सर्वाधिक कारोबार हुने कम्पनी

६ भाद्र २०७९, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेप्से परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ ।

नेप्से घटेसँगै आज शेयरबजारमा एक अर्ब ७२ करोडमाथिको कारोबार भएको छ । शेयरबजार घटेसँगै लगानीकर्ताहरुमा उत्साह घट्दै गएको छ । यसको प्रभाव कारोबार रकममा देखिएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमाल दोलखा हाइड्रोपावरको २८ करोड १८ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ८ करोड ५० लाख, प्राइम कमर्सियल बैंकको ८ करोड ४० लाख, शिवम् सिमेन्ट्सको ५ करोड ५३ लाख रुपैयाँ र अपि पावरको ५ करोड ५२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*