दुई हाइड्रोपावरको शेयरमा सर्किट, यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए

६ भाद्र २०७९, सोमबार १५:१२

काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ७.७४ अंकले घटेको नेप्से परिसूचक आज ७.३८ अंकले घट्न पुगेको छ ।

आज शेयरबजारमा झिनो अंकको गिरावट आएपनि केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । सोमबार दुई हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अपर हेवााखोला हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर रहेका छन् ।

त्यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ को ७.२२ प्रतिशत, सामलिङ पावरको ५.६६ प्रतिशत, हिमाल दोलखा पावरको ४.०३ प्रतिशतले शेयरमूल्य बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*