शेयरबजारको ओरालो यात्रा : नेप्से सूचक ७ अंकले घट्दा १२ उपसूचक राताम्य, कारोबार एक अर्बमाथि

६ भाद्र २०७९, सोमबार १५:२९

काठमाडौं । शेयरबजारमा आज ७.३८ अंकको गिरावट आएको छ । मौद्रिक नीतिपछि शेयरबजारमा सुधार आउने अपेक्षा राखेका लगानीकर्ताहरु निराश बन्न पुगेका छन् ।

गत आर्थिक वर्षको सुरुवातीबाटै बैकिङ्ग क्षेत्रमा देखिएको तरलता संकट केही साम्य हुन नपाउँदै फेरी बैकिङ्ग क्षेत्रमा तरलता समस्या देखिन थालेको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा बैकिङ्ग प्रणालीबाट अर्बौ अर्ब रकम बाहिरिन थालेको छ । केही बैंकहरु कर्जा दिनै नसक्ने अवस्थामा पुगिसकेका छन् ।

जसमध्ये सेञ्चुरी, नबिल र नेपाल बैंकको सीडी रेसियो राष्ट्र बैंकले तोकेको सीमाभन्दा बढी पुगिसकेको छ । बैकिङ्ग क्षेत्रमा यतिबेला निक्षेप कर्जा अनुपात (सीडी रेसियो)को समस्या चर्किदै गइरहेको छ । यसैको प्रभाव नेपाली पुँजीबजारमा देखिन थालेको छ ।

मौद्रिक नीतिमा शेयर धितो कर्जामा लागेको ४।१२ नीतिमध्ये ४ करोड सीमा हटेपनि बैंकहरुले लोन प्रवाह गर्न नसक्ने अवस्था सिर्जना भएपछि शेयरबजारमा लगानीगर्ने लगानीकर्ताहरुको संख्या घटेसँगै कारोबार समेत घट्न पुगेको छ । यसैको प्रभावले आजको शेयरबजारमा एक अर्ब ७२ करोडमाथिको मात्रै कारोबार भएको छ । नेप्से परिसूचक आज ७.३८ अंकले घटेर इन्डेक्स २०५३ विन्दुमा कायम हुन पुगेको छ ।

सूचीकृत २२२ कम्पनीको ५२ लाख ३० हजार ७६३ कित्ता शेयर खरिदबिक्री हुँदा एक अर्बमाथिको कारोबार हुन पुगेको आजको मार्केट डेप्थले देखाएको छ । शेयरको मात्रासँगै कारोबार रकम घटेको तथ्यांकले लगानीकर्ताहरुमा मनोबल घट्दै गइरहेको बुझिन्छ ।

नेप्सेमा रहेका म्युचुअल फण्ड सूचकबाहेकका सबै सूचक आज राताम्य रहेका छन् । सर्वाधिक होटल तथा पर्यटन समूहको १.०५ प्रतिशतले घट्न पुगेको छ भने लगानीकर्ताहरुको संख्या अत्यधिक रहेको हाइड्रोपावर सूचक शुन्य दशमलव ६८ प्रतिशतले घटेको छ ।

शेयरबजारमा घटेपनि आज केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । मन्दाकिनी हाइड्रोपावर र अपर हेवाखोलाको शेयरमा सर्किट लागेको छ भने एनआइबिएल समृद्धि फण्ड–२ को ६.७५ प्रतिशतले घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*