झिनो अंकले बढ्यो नेप्से, सात उपसूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो

काठमाडौं । यस साताको दुईदिनयता सामान्य अंकले घटेको शेयरबजार आज झिनो अंकले बढ्न पुगेको छ । नेप्से परिसूचक आज १.८१ अंकले बढेर २०५४ विन्दुमा कायम हुन पुगेको छ ।
पछिल्लो समय बैकिङ क्षेत्रमा देखिएको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) बढ्दै जानु अवस्थाले शेयरबजारमा यसको प्रभाव पर्न गएको छ । लगानीकर्ताहरु बैंकहरु कर्जा प्रवाह गर्नै नसक्ने अवस्थापमा पुगेपछि मर्कामा परेका छन् ।
यसैको प्रभाव पछिल्लो केही दिनको शेयरबजार कारोबारमा देखिएको छ । केहीदिनयता शेयरबजारमा २।३ अर्बमा कारोबार सीमित हुने गरेको देखिएको छ । आज नेप्सेमा सूचीकृत २२२ कम्पनीको ४० लाख ३१ हजार २५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ३३ करोड माथिको मात्रै कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये ६ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ७ उपसूचक राताम्य रहेका छन् । आज बढ्नेमा बैकिङ, व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, जीवन बीमा र लगानी समूह रहेको छन् भने सर्वाधिक होटल तथा पर्यटन समूहको १.३४ प्रतिशतले घट्न पुगेको छ ।













