एचआइडिसीएलको हकप्रद शेयर बाँडफाँड, २ करोड ३२ लाख कित्ता अझै बिकेन

८ भाद्र २०७९, बुधबार १०:५६

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)ले गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गरेको संस्थापक समुहतर्फको अवतरित हकप्रद बाँडफाँड गरेको छ ।

कम्पनीले संस्थापक समूहको नबिकेको २ करोड ७८ लाख ९ हजार ४८० कित्ता हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्नका लागि साउन १५ गतदेखि साउन २९ गतेसम्म बोलपत्र आह्वान गरेकोमा सो अवधिभित्र प्राप्त बोलपत्रहरु भदौ २ गतेको दिन बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा खोलिएको थियो ।

साथै भदौ ६ गतेका दिन निष्काशनकर्ता कम्पनीका संचालक समितिको बैठकले प्राप्त ४६ लाख ४ हजार ९८५ कित्ता अवतरित हकप्रद शेयरको बाँडफाँड गरेको हो । कम्पनीका अनुसार बाँकी २ करोड ३२ लाख ४ हजार ४९५ कित्ता हकप्रद शेयरका लागि आवेदन नपरेको हो ।
कम्पनीले संस्थापक समूहतर्फको शेयरको लागि आवेदन पेश गर्दा आवेदकहरुलाई १०० रुपैयाँ कटअफ मूल्य राखी शेयर बाँडफाँड गरेको हो । यसअनुसार १०० रुपैयाँका दरले आवेदन दिने सम्पूर्णले शेयर प्राप्त गरेका छन् ।

कम्पनीले बाँकी रहेको शेयर पुनः लिलामीमा ल्याउने भएको छ । कम्पनीले २ करोड ३२ लाख ४हजार ९८५ कित्ता संस्थापक शेयर लिलामीमा ल्याउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*