हाइड्रोपावरमा लगानीकर्ता झुम्मिए, यी हुन आज सर्वाधिक कारोबार भएका टप कम्पनी

८ भाद्र २०७९, बुधबार १५:०५

काठमाडौं । उतारचढावकाबीच बुधबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । प्रि–ओपनिङ सेसनमा दोहोरो अंकले बढेपनि मार्केट क्लोज हुनेबेलासम्म २.८७ अंकले बढेर शेयबजार बन्द हुन पुगेको हो ।

शेयरबजार बढेपनि कारोबारमाा खासै उत्साह देखिएको छैन । आज जम्मा एक अर्ब ५२ करोडमाथिको कारोबार भएको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक अरुण काबेली पावरको १६ करोड ९२ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, अपि पावरको ८ करोड ८ लाख, रिडी हाइड्रोपावरको ५ करोड ६४ लाख, हिमालयन डिस्टिलरीको ५ करोड ११ लाख र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४७ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*