झिनो अंकले बढ्यो नेप्से, सात उपसूचक चम्किदा कारोबारमा देखिएन उत्साह

८ भाद्र २०७९, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले बढ्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक २.८१ अंकले बढेर २०५७ विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५२ लाख ६१ हजार रुपैयाँ माथिको कारोबार भएको छ ।

नेप्से सूचकमा सामान्य सुधार देखिएपनि कारोबार खासै सन्तोषजनक देखिएको छैन । शेयरबजारमा उतारचढाव बढेसँगै लगानीकर्ताहरु आफुसँग भएको शेयर समेत ‘होल्ड’ गरेर बसेको नेप्सेको मार्केट डेप्थले देखाएको छ । सो कारण शेयबजारमा पछिल्लो समय शेयर संख्या र कारोबार रकम घट्दै गइरहेको छ ।

त्यस्तै, आज १३ उपसूचक मध्ये ७ उपसूचकमा हरियाली छाएको छ भने बाँकी ६ उपसूचक राताम्य रहेका छन् । बैकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, माइक्रोफाइनान्स, जीवन बीमा र लगानी सूचक आज चम्किएका छन् ।
त्यस्तै, व्यापार, फाइनान्स, निर्जिवन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य समूह घट्न पुगेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*