शुक्रबारको नेप्से बन्द गर्न माग गर्दै सिइओ कार्कीलाई ज्ञापनपत्र

९ भाद्र २०७९, बिहीबार १४:४८

काठमाडौं । शेयर लगानीकर्ताहरुले शुक्रबारको शेयरबजार बन्द गर्न माग गर्दै नेपाल स्टक एक्सेचञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर कार्कीलाई ज्ञापनपत्र बुझाएका छन्

नेपाल सरकारको निर्णय बमोजिम गत जेठ महिनामा आइतबार सरकार मातहतका कार्यालयहरु बिदा दिने निर्णय भएकोमा सोही अनुसार नेप्से पनि आइबार बन्द रहेको थियो ।

सातामा ५ दिन मात्रै कारोबार हुने गरेकोमा आइतबार बिदा हुनेभएसँगै लगानीकर्ताहरुले शुक्रबार काराबोर खोल्न माग गरेका थिए । सो बमोजिम नेप्सेका सिइओ काकीले शुक्रबार शेयबजार खोल्ने निर्णय गरेको थियो ।

पछि नेपाल सरकारले उक्त निर्णय फिर्ता लिईसकेपछि आइबाट पनि कार्यालयहरु संचालमा आएको छ र सोही बमोजिम शेयरबजार पनि आइतबार संचालमा आएको छ तर नेप्सेले शुक्रबार कारोबार बन्द गर्नुपर्नेमा बन्द नगरी प्रत्येक शुक्रबार २ घण्टा कारोबार संचालन गरिरहेको छ ।

लगानीकर्ताहरुले सोही कुरालाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय कानून अनुसारमा पनि विश्वमा ५ दिन मात्रै शेयर कारोबार हुने गरेको भन्दै हप्तामा ५ दिन मात्रै शेयर कारोबार संचालनको लागी नेप्सेका सिइओसमक्ष निवेदशन पेश गरेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*