दोहोरो अंकले घट्यो शेयरबजार, सबै सूचक राताम्य हुँदा कारोबार एक अर्बमा खुम्चियो

काठमाडौं । दुई दिनयता झिनो अंकले बढेको शेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ । पछिल्लो समय बैकिङ्ग प्रणालीमा सीडी रेसियोको समस्याले शेयरबजार प्रभावित बन्न पुगेको हो ।
आज नेप्से परिसूचक १८.३० अंकले घटेर २०३९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ४२ लाख ३४ हजार १३७ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ७१ करोडमाथिको कारोबार भएको छ । शेयरबजार घटेसँगै कारोबार रकम समेत घट्न पुगको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै सूचक आज राताम्य छन् । सर्वाधिक आज फाइनान्स समूहको २.०७ प्रतिशतले घट्न पुगेको छ । त्यस्तै, हाइड्रोपावर सूचकको १.५९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको १.५६ प्रतिशतले घट्न पुगेको छ ।
शेयरबजार घटेपनि आज केही कम्पनीको शेयरमुल्य बढ्न पुगेको छ । बिहिबार अपर हेवा खोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको छ भने सर्वाधिक मैलुङ खोला हाइड्रोपावरलको ५.८२ प्रतिशतले घट्न पुगेको छ ।













