एनआइबिएल प्रगति फण्डको लाभांश घोषणा

१० भाद्र २०७९, शुक्रबार १०:०६

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ ।

कम्पनीको भदौ ९ गते बसेको सञ्चालक समितिकोे बैठकले फण्डका इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले फण्डको इकाईधनीलाई गत आर्थिक वर्ष २०७८।७९ को लागि कर सहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बुक क्लोज सम्बन्धी निर्णय भने पछि प्रकाशित गर्ने जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*