एचआइडिसीएलको संस्थापक समूहको हकप्रद शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्स) मा हाइड्रो इलेक्ट्रिसीटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसीएल)को शेयर सूचीकृत भएको छ । कम्पनीको शेयर ‘एचआइडिसीएलपी’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको संस्थापक समूहको ९७ लाख ९५ हजार ५०५ कित्ता हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो । एचआइडिसीएले लिलामी मार्फत बिक्री भएको सो बराबरको शेयर नेप्सेमा सूचीकृत गराएको हो ।
नेप्सेका अनुसार अब धितोपत्र दोस्रो बजारमा कम्पनीको संस्थापक शेयर र सर्वसाधारण शेयर अलग अलग कारोबार हुनेछ । कम्पनीको संस्थापक शेयरको लागि नेप्सेले ओपनिङ्ग रेञ्ज ११३ रुपैयाँ प्रदान गर्ने देखिएको छ ।
कम्पनीको शेयर बिहिबार नेप्सेमा सूचीकृत भएको हो । जसअनुसार एचआइडिसीएलको उक्त शेयर आजदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।













