उन्नति सहकार्य लघुवित्तको संस्थापक शेयर बिक्रीमा
१० भाद्र २०७९, शुक्रबार १०:५१

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्ने भएको छ । लघुवित्तका केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ४ हजार ९ सय ६० कित्ता शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम लघुवित्तले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।
उक्त शेयर खरिद गर्न चाहने विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित भएको मितिले ३५ दिन भित्र संस्थाको केन्द्रिय कार्यालय सिद्धार्थनगर नगरपालिका १२, रुपन्देहीमा आवेदन दिन आग्रह गरेको छ ।
उक्त समयमा शेयर विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर बिक्री नभएको खण्डमा प्रचलित कानुन अनुसार अन्य संस्था वा ब्यक्तिलाई बिक्री प्रक्रिया अगाडी बढाईने जनाएको छ ।













