लाभांश प्रस्तावसहित प्रभु क्यापिटलको साधारण सभा भदौ ३१ गते बस्ने

१० भाद्र २०७९, शुक्रबार ११:०२

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ६ गते बसेको संचालक समितिको बैठकले सभा भदौ ३१ गते शुक्रबार, होटेल एलफ्ट छायाँ सेन्टर, ठमेल, काठमाडौंमा दिउँसो १२ः३० बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले आर्थिक वर्ष २०७७।०७८ मा प्राप्त मुनाफाबाट कर सहित नगद लाभांशको रुपमा ९ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्नेछ ।

साथै गत आर्थिक वर्ष २०७८।७९ को संचालक समितिको प्रतिवेदन उपर छलदल गरी पारित गर्ने, २०७८।७९ को असार मसान्तसम्मको वासलात, सोही आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूची उपर छलफल गरी पारित गर्ने सभाको प्रस्ताव रहेको छ ।

यसबाहेक आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्तिको अनुमोदन गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*