पिपुल्स पावरको आइपीओ आइतबार दिउँसो बाँडफाँट हुने, २ लाख २९ हजारले शेयर पाउने

१० भाद्र २०७९, शुक्रबार ११:५६

काठमाडौं । पिपुल्स पावर कम्पनीको आइपीओ आइतबार बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आफ्नै कार्यालय कमलादी, काठमाडौंमा आइतवार दिउँसो २ बजे बाँडफाँट गर्ने तयारी गरिएको हो ।

कम्पनीको आइपीओमा मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा २ लाख २९ हजार ४६८ जनाले मात्र शेयर पाउने भएका छन् । बाँकी १३ लाख ७६ हजार ६४१ जनाको भने हात खाली हुनेछ । यसमा कुल १६ लाख ६ हजार ११० जनाले १ करोड ८२ लाख १९ हजार ७० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका २४ लाख ६७ हजार ४०० कित्ता शेयर निष्काशन गरेको हो । सोमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता शेयरका लागि आवेदन दिएका हुन ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*