१६ अंकले घट्यो नेप्से, १२ उपसूचक राताम्य हुँदा जीवन बीमा समूह चम्कियो
१० भाद्र २०७९, शुक्रबार १३:३२

काठमाडौं । शुक्रबार नेप्से परिसूचक १६.९३ अंकले घटेर २०२२ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से सूृचक घटेसँगै कारोबार रकम पनि घट्न पुगेको छ ।
शेयर लगानीकर्ताहरुले शुक्रबारको नेप्से बन्द गर्नुपर्ने माग गर्दै नेप्सेमा ज्ञापनपत्र समेत बुझाइसकेका छन् । सातामा ५ दिनमात्रै शेयर कारोबार संचालन हुनुपर्ने लगानीकर्ताहरुको माग रहेको छ ।
नेप्सेमा सूचीकृत २१३ कम्पनीको ३५ लाख८८ हजार ८३३ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २९ करोडमाथिको कारोबार भएको छ ।
नेप्सेमा रहेका जीवन बीमा सूचक बाहेकका सबै सूचक आज राताम्य रहेका छन् । जीवन बीमा सूचक शुन्य दशमलव ३६ प्रतिशतले बढेको छ भने सर्वाधिक फाइनान्स समूहको १.८७ प्रतिशतले घटेको छ ।













