शिवम् सिमेन्ट्सको विशेष साधारण सभा सम्पन्न

१० भाद्र २०७९, शुक्रबार १७:०७

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । सभा अनामनगर स्थित कम्पनीको सभाहलमा कम्पनीका अध्यष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा सम्पन्न भएको हो ।

उक्त सभाबाट कम्पनीको प्रबन्ध पत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्ने सम्बन्धि सबै विशेष प्रस्तावहरु सर्व सम्मत रुपमा पारित भएका छन् ।

साथै उक्त सभाले विशेष संचालकको मनोनयन र अन्य संचालकहरुको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । विशेषज्ञ संचालक सहित ७ जनाको हुने भन्ने व्यवस्थालाई संशोधन गरी स्वतन्त्र व्यवसायिक विशेषज्ञ संचालक एकजना र शेयरधनीहरुबाट निर्वाचित वा मनोनित ५ जना सहित ६ जनाको संचालक समिति बनाउने प्रस्ताव पारित गरेको छ ।

सर्बसाधारणका लागि आईपिओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समय देखिनै आफ्नै चुनढुङ्गा खानीबाट ओपिसि मात्र उत्पादन तथा विक्रिवितरण गर्दै आईरहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*