नेप्सेमा राधी विद्युत कम्पनीको शेयरमूल्य समायोजन, आइतबार कतिमा खुल्ला त कारोबार ?

१० भाद्र २०७९, शुक्रबार १७:२७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा राधी विद्युत कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्नको लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो कम्पनीको शेयरमुल्य समायोजन गरेको हो ।

स्टकका अनुसार कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सेयरपछि नेप्सेले प्रतिकित्ता २८१ रूपैयाँ ४० पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले शुक्रबारको अन्तिम कारोबार मूल्य ५ सय ४९ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । सोही समायोज भएको कायम मूल्यमा नै आइतबार कारोबार खुल्नेछ ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९५ लाख ३५ हजार ७ सय ६० दशमलव ९९ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*