बिभेदकारी बढुवाविरुद्ध प्रभु बैंकका कर्मचारी आन्दोलित, दैनिक काम ठप्प पार्ने चेतावनी

१३ भाद्र २०७९, सोमबार ०९:२२

काठमाडौं । प्रभु बैंकका सिईओ अशोक शेरचन तथा व्यवस्थापन समितिले बैंकमा कार्यरत कर्मचारीहरुको बढुवामा अन्याय गरेपछि प्रभु बैंकका कर्मचारीहरु आन्दोलित भएका छन् । प्रभु बैंकका सिईओ एक हजार कर्मचारीको बढुवा गरेर दवाव थेग्न नसकेपछि विदेश गएर बसेका छन् ।

यही भदौं ७ गते प्रभु बैंकको केन्द्रीय कार्यालयमा बैंकमा कार्यरत कर्मचारीहरुले आन्दोलन गरेका हुन् । प्रभु बैंक वित्तीय संस्था कर्मचारी युनियनको नेतृत्वमा भएको आन्दोलनमा बैंकमा कार्यरत सयौं कर्मचारीहरु सहभागी बनेका छन् । आन्दोलनकारी कर्मचारीहरुले बैंकभित्र व्यक्तिगत सम्बन्ध, पावर र पहुँचका आधारमा गरिएको बढुवा खारेज गर्नुपर्ने लगायतका पाँच बुँदे माग अघि सारेका छन् ।

आन्दोलनरत कर्मचारीहरुले बैंकभित्र संस्थागत सुशासन कायम नरहेको, संस्थागत संस्कृतिको विकास गर्नुपर्ने, विभेदकारी पदोन्नतीका क्रममा योग्यता पुगेर पनि छुटेका सबैको पदोन्नती गर्नुपर्ने, योग्यता नपुगी बढुवा भएकाहरुको खारेजी गर्नुपर्ने माग अघि सारेका छन् ।

आन्दोलनमा सहभागी कर्मचारीहरुले सिईओको व्यक्तिगत सम्बन्ध भएकाहरुलाई मनोमानी लगातार बढुवा गर्ने अन्यलाई वर्षौसम्म एउटै पदमा सडाएर राख्ने नीति तत्काल संशोधन नभए दैनिक सेवा सञ्चालनमै अबरोध सिर्जन गर्ने गरी आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

One thought on “बिभेदकारी बढुवाविरुद्ध प्रभु बैंकका कर्मचारी आन्दोलित, दैनिक काम ठप्प पार्ने चेतावनी

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*