प्रभु बैंकका एक हजार कर्मचारीको बढुवा गर्ने निर्णय रद्द, रश्मी पन्तको पद घटुवा

१७ भाद्र २०७९, शुक्रबार ११:५७

काठमाडौं । प्रभु बैंकमा विभेदपूर्ण तरिकाले एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गर्ने निर्णय रद्द गरिएको छ । आज बैंकले यस सम्बन्धी निर्णय गरेको बैंक स्रोतले जनाएको छ ।

बैंकका सिईओ अशोक शेरचनले रश्मी पन्तसहितका एक हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गरेर विदेश उडेका थिए । बैंकभित्र कुनै मापदण्ड नै नबनाई सिईओ शेरचनसँग व्यक्तिगत सम्बन्ध भएका तथा राजनीतिक पहुँचका आधारमा हजारभन्दा बढि कर्मचारीहरुको बढुवा गरिएको सम्बन्धी समाचार बीमापोष्टले प्रकाशन गरेको थियो ।

बीमापोष्टमा समाचार प्रकाशित भएपछि बैंकभित्र कर्मचारीहरुले आन्दोलन नै गरेको थियो । श्रम संगठनहरुको चर्को दवाव थेग्न नसकेको र मर्जर प्रक्रियामा रहेको प्रभु बैंकले एक पक्षिय रुपमा कर्मचारी बढुवा गरेपछि अर्को बैंक सेन्चुरीमा समेत अप्ठेरो अवस्था सिर्जना भएको थियो । प्रभु बैंकमा सेन्चुरी बैंक प्राप्तिको विधिमार्फत मर्जरमा जान लागेको थियो ।

बैंकले आज सबैको बढुवा रद्द गर्ने निर्णय गरेको जनाइएको छ । यससँगै विवादित बढुवाको केन्द्रबिन्दुमा रहेकी रश्मी पन्तको पनि पद एक तह घटुवा भएको छ । उनी सात वर्षमै सबैलाई ओभरटेक गरेर सिईओ बन्ने लाइनमा पुगिसकेकी छिन् ।

बीमापोष्टमा प्रभु बैंक सम्बन्धी यसअघिका समाचारहरु पढौं ।

बिभेदकारी बढुवाविरुद्ध प्रभु बैंकका कर्मचारी आन्दोलित, दैनिक काम ठप्प पार्ने चेतावनी

 

प्रभु बैंकको १००० जना कर्मचारी बढुवामा विभेद, इमान्दार कर्मचारी निराश बन्दै

 

प्रभु बैंक छिरेको पाँच वर्षमै कर्पाेरेट अफिसर, सात वर्षमा चिफ अपरेटिङ अफिसर बनिन् रश्मी पन्त

 

सेञ्चुरी बैंकसँग मर्जरकै प्रक्रियामा रहेको प्रभु बैंकमा एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*