शिवश्री हाइड्रोपावर ३६ करोड रुपैयाँ नोक्सानमा, इपीएस कति ?

१३ भाद्र २०७९, सोमबार ११:२८

काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार कम्पनी नोक्सानमा रहेको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म एक करोड ८४ लाख १० हजार रुपैयाँ मुनाफा आर्जन गरेको हाइड्रोपावर गत आवको असार मसान्तसम्म ३६ करोड ३६ लाख ७९ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

यस अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी बढेपनि रोयल्टी एक्सपेन्स बढेकाले कम्पनीको घाटा चुलिन पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले बिजुली बेचेर ४ करोड ८ लाख २७ हजार कमाएकोमा यस अवधिसम्म ५०९.१२ प्रतिशत बढेर २४ करोड ८६ लाख ९२ हजार रुपैयाँ कमाएको छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी समेत २४.६३ रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आवको यस अवधिसम्म कम्पीको इपीएस ५.११ रुपैयाँ रहेको थियो । साथै कम्पनीको प्रतिशेयर नेटवर्थ घटेर ७६ रुपैयाँ ६१ पैसा पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*