नेप्से झिनो अंकले बढ्दा नौ उपसूचकमा छायो हरियाली, कारोबारमा देखिएन उत्साह

१३ भाद्र २०७९, सोमबार १५:१३

काठमाडौं । साताको पहिलो दिन उच्च अंकले घट्न पुगेको शेयरबजारमा आज एकाएक सामान्य सुधार देखिएको छ । अघिल्लो दिन ३३ अंकले घटेको नेप्से परिसूचक आज ३.७६ अंकले बढेर १९९३ को विन्दुमा उक्लिएको छ ।

नेप्से परिसूचक बढेपनि कारोबार भने खासै सन्तोषजनक देखिएको छैन । आज शेयर मार्केटमा जम्मा एक अर्ब २६ करोड माथिको कारोबार भएको छ । नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९०० कित्ता शेयर किनबेच हुँदा एक अर्बमाथिको कारोबार भएको हो ।

त्यस्तै, नेप्सेमार रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग समूह, माइक्रोफाइनान्स, म्युचुअल फण्ड र लगानी समूह घटेका छन् भने बाँकी सबै सूचकमा हरियाली छाएको छ । आज सर्वाधिक वित्त सूचक चम्किएको छ । उक्त समूहको आज १.८९ प्रतिशतले बढ्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*