एक अर्बको मात्रै कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर सर्वाधिक खरिदबिक्री

१४ भाद्र २०७९, मंगलवार १५:०८

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । १० वर्षयताको तिजको दिनमा ३ वर्ष बाहेकका सबै वर्षको तीजको दिनमा शेयरबजार बढेको छ ।

आज नारीहरुको महान पर्व हरितालिका तिजको दिनमा नेप्से सूचक २.१९ अंकले बढेर १९९५ विन्दुमा कायम भएको छ । शेयरबजार बढेपनि कारोबार भने खासै उत्साहजनक देखिएको छैन । पछिल्लो समय शेयरबजारमा सक्रिय लगानीकर्ताहरुमा धेरै महिलाको संख्या थपिएसँगै आज महिलाहरु शेयरबजारमा खासै सक्रिय भएको देखिएको छैन ।

त्यसैको असर आजको कारोबार रकममा देखिएको हो ।शेयरबजारमा आज उक एक अर्ब एक लाख माथिको मात्रै कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकमको ९ करोड ५७ लाख माथिको कारोबार भएको छ ।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको ६ करोड ३९ लाख, नबिल बैंकको ४ करोड ४४ लाख, रिडी हाइड्रोपावरको २ करोड ९९ लाख र हिमाल दोलखा हाइड्रोपावरको २ करोड १२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*