बैंकहरुको सीडी रेसियो घट्यो, एकैदिन थपियो ७ अर्ब रुपैयाँ निक्षेप

२६ भाद्र २०७९, आईतवार १२:३३

काठमाडौं । बैंकहरुमा एकैदिन ७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ २१ र २२ गतेसम्मको तथ्याङ्कअनुसार बैंकहरुको निक्षेप ७ अर्ब थपिन पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार भदौ २१ गतेसम्म ४४ खर्ब ४१ अर्ब रुपैयाँ रहेको वाणिज्य बैंकहरुको निक्षेप भदौ २२ गतेसम्म ७ अर्ब रुपैयाँ निक्षेप थपिएर ४४ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थाको ५० खर्ब ४७ अर्ब रुपैयाँ कुल निक्षेप रहेकोमा वाणिज्य बैंकहरुको मात्रै ४४ खर्ब ४८ अर्ब रुपैयाँ रहेको हो ।

त्यस्तै, निक्षेप बढेसँगै यता कर्जा–निक्षेप अनुपात (सीडी)रेसियो समेत सुधार देखिएको छ । भदौ २१ गतेसम्म ८८.२१ प्रतिशत रहेको सीडी रेसियो घटेर ८८.१३ प्रतिशत कायम भएको छ ।

निक्षेप, सीडी रेसियोमा सुधार देखिएसँगै बैंकहरुको कर्जा परिचालन ४१ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो दिन भदौ २१ गते बैंकहरुको कर्जा प्रवाह ४१ खर्ब ८१ अर्ब रुपैयाँ रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*