धौलागिरी लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

२२ चैत्र २०८२, आईतवार ११:३९

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले वैशाख २२ गते मंगलबार बाग्लुङको उपल्लोचौरस्थित धौलागिरी सामुदायिक विकास केन्द्रको सभाहलमा बिहान ११ बजे ७औं वार्षिक साधारणसभा बोलाएको छ।

लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीको उक्त साधारणसभाले अन्य लघुवित्तसँग मर्जरका लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनुका साथै सञ्चालकहरूको नियुक्ति अनुमोदन पनि गर्नेछ।

त्यसैगरी गत आर्थिक वर्ष (आव) को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण र इक्विटीमा भएको परिवर्तन सम्बन्धी अनुसूची पारित गर्नुका साथै चालू आवका लागि लेखापरीक्षक नियुक्त पनि गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख १० गते बूक क्लोज गर्ने निर्णय गरेको छ। नेप्सेमा वैशाख ९ गतेसम्म कारोबार भई कायम शेयरधनी मात्रै उक्त साधारणसभामा भाग लिन सक्नेछन्।

One thought on “धौलागिरी लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

  1. Anjali mandal says:

    Kanchapur saptiri

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*