राष्ट्रिय वाणिज्य बैंकले साढे दुई अर्बको ऋणपत्र निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति
२८ भाद्र २०७९, मंगलवार १४:२६
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ‘१०.५% आरबिबिएल डिबेञ्चर २०८६’ नामक ऋणपत्र निष्काशन गर्न अनुमति माग्दै भदौ १४ गते धितोपत्र बोर्डमा निवेदन पेश गरेको हो ।
बैंकले अंकित मूल्य १००० रुपैयाँ दरका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो ।
बोर्डबाट अनुमति पाएपश्चात् बैंकले ७ वर्ष अवधिको वार्षिक १०.५ प्रतिशत ब्याजदरमा ऋणपत्र ऋणपत्र निष्काशन गर्नेछ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।













