सामुदायिक लघुवित्तको शेयरमा सर्किट, शेयरमूल्य कति पुग्यो ?
२९ भाद्र २०७९, बुधबार ११:२८

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ । साताको चौथो दिन बुधबार शेयरबजार खुलेको केही समयमा नै संस्थाको शेयरमा सर्किट लागेको हो ।
यो समाचार तयार पार्दासम्म नेप्सेमा सूचीकृत १५७ कम्पनीको शेयर कारोबार हुँदा लघुवित्तको शेयर १० प्रतिशत अर्थात् १३५ रुपैयाँ १० पैसाले बढेर शेयरमूल्य १४८६ रुपैयाँ १० पैसा पुगेको छ ।














