सिक्लेस हाइड्रोपावरको आइपीओमा ७ लाख बढीको आवेदन

३० भाद्र २०७९, बिहीबार १८:१०

काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओमा ७ लाख बढीको आवेदन परेको छ ।कम्पनीको आईपीओ आज साँझसम्ममा ५ः०२ बजेसम्ममा ७ लाख ६ हजार ६४३ वटा आवेदनबाट ८० करोड ६६ लाख १४ हजार रुपैयाँ बराबरको ८० लाख ६६ हजार १४० कित्ता शेयरको लागि आवेदन परेको हो ।

यो सर्वसाधारणलाई निष्काशन गरेको १० लाख ५८ हजार कित्ता शेयरको ७.६२ गुणा बढी हुन आउँछ । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्काशनमा ल्याएको हो । त्यसमध्ये ३ प्रतिशत अर्थात ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिएको छ । सर्वसाधारणले बाँकी १० लाख ५८ हजार कित्ता शेयरका लागि मात्रै आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*