शिखर इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति?
२ पुष २०८२, बुधबार १०:२२

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस १ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने घोषणा गरेको हो।
घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।












