जनताको पसिनाले स्थापना गरेको कम्पनीलाई सरकारले सौता हालेर डुबायो भन्दै नेपाल पुनर्बीमाका शेयरधनीले पोखे आक्रोश

३० भाद्र २०७९, बिहीबार १८:४५

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सातौ बार्षिक साधारणसभा आज सम्पन्न गरेको छ । सभामा कम्पनीका अधिंकाश शेयरधनीहरुले जनताको पसिनाले स्थापना गरेको कम्पनीलाई सरकारले सौता हालेर डुबायो भन्दै आक्रेश व्यक्त गरेका छन् ।

सभामा सहभागी शेयरधनीहरुले हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई सौताको संज्ञा दिएका छन् । कम्पनीका शेयरधनी डम्बरबल्लभ घिमिरेले बामे सर्दै गरेको नेपाल पुनर्बीमा कम्पनीलाई नेपाल सरकारले सौता थपिदिएको भन्दै असन्तृष्ट व्यक्त गरेका थिए ।

बीमा समितिको अपरिपक्व निर्णयले समेत पुनर्बीमा कम्पनीलाई समस्या भईरहेको भन्दै बीमा समितिलाई यस तर्फ ध्यान दिन समेत आग्रह व्यक्त गरे । कम्पनीका शेयरधनी गुणराज भट्टले सभामा नेपाल सरकारले सानै उमेरमा सौता भित्रयाएर कम्पनीलाई समस्यामा पारेको भन्दै गुनासो व्यक्त गरे ।

बीमा समितिका अध्यक्षप्रति आक्रेश पोख्दै उनले अपरिपक्क निर्णयका कारण कम्पनीलाई आगामी दिनमा चुनौती रहेको बताए । त्यस्तै, उनले सभामा कम्पनीलाई बोनस शेयरलाई यथाशिघ्र लिस्टिङ गर्न समेत आग्रह गरे।

अर्का शेयरधनी चन्द्र नारायण श्रेष्ठले समयमा नै साधारणसभा गर्न आग्रह गरे । गत आर्थिक बर्षको तुलनामा थोरै मात्रै लाभांश वितरण गरेको भन्दै असन्तृष्ट जनाएका थिए । खाली हात नपरेको भन्दै कम्पनीलाई धन्यवाद दिए । साथै हिमालयन रि इन्स्योरेन्स कम्पनीसँग कम्पनीलाई सामना गर्न अझै चुनौती रहेको सपष्ट पारे ।

त्यस्तै, अधिवत्ता समेत रहेका अशोक उप्रेतिले नयाँ कम्पनी आएर चुनौतीको साथै अवसर रहेको कुरा पनि राखेका थिए । शिवप्रसाद पौडेलले १९ प्रतिशतबाट ५ प्रतिशत लाभांश झर्दा मन खिन्न भएको भन्दै कार्यक्रममा सुनाएका थिए । साथै उनले आगामी आर्थिक बर्षमा कम्पनीले राम्रो लाभांश दिनुपर्ने कुरामा आम शेयरधनीहरु विश्वस्त रहेको बताए ।

श्री कृष्ण कास्यतले नेपाल पुनर्बीमा कम्पनीले १३ राष्ट्रबाट विदेशी प्रिमियम भित्रयाएको भन्दै खुसी व्यक्त गरे । आम लगानीकर्ताहरुको लागि खुसीको खबर रहेको भन्दै नयाँ कम्पनी थपिएसँगै कम्पनीलाई चुनौतीको सामाना गर्दै अवसर खोज्न आग्रह गरेका थिए ।

कार्यक्रममा सबै लगानीकर्ताहरुको आम गुनासो सम्वोधन गर्दै कम्पनीका अध्यक्ष रविन्द्र घिमिरेले सबै शेयरधनीको गुनासो सम्बोधन गर्न पुनर्बीमा कम्पनी सधै तत्पर रहेको कार्यक्रममा बताए । त्यस्तै, सभामा कम्पनीका संचालक दिप प्रकाश पाण्डेले तत्कालै प्रतिफल दिन नसकेपनि कम्पनीले दुई, तिन बर्षपछि उचित प्रतिफल दिन्छ भन्दै शेयरधनीहरुलाई विश्वस्त हुन आग्रह गरे ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*