इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुँदै, १३ लाख बढीकोे हात खाली
१६ कार्तिक २०७९, बुधबार १३:५६

काठमाडौं। ।इस्टर्न हाइड्रोपावरको आइपीओ भोलि बाँडफाँट हुँदैछ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो ।
यसअघि क्यापिटलले शुक्रबार बाँडफाँट हुने बताएको थियो तर विशेष कारणवश अब बिहीबार नै गर्न लागिएको जानकारी दिएको छ ।
यता, इस्टर्न हाइड्रोपावरको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५.२१ गुणा बढी आवेदन परेको छ । जसमा ६२ हजार ३२८ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ३१ हजार जनाको भने हात खाली हुनेछ ।












