प्रभु महालक्ष्मी लाइफले ६ महिनामा कमायो १३ करोड नाफा, अधिकांश सूचकमा प्रगति

२९ माघ २०८२, बिहीबार ०६:५४

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार नाफा केहि सामान्य प्रभावित भएपनि अन्य अधिकांश सूचकमा सकारात्मक लयमा देखिएको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले १३ करोड ३१ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गर्ने सफल भएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १८ करोड २५ लाख ८६ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा जीवन बीमा कोषको आकार ३३.३१ प्रतिशतले बढेर १५ अर्ब ८५ करोड ४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको जीवन बीमा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ रहेको थियो ।

दोस्रो त्रैमाससम्मको अवधिमा कम्पनीको खुदबीमा शुल्क आर्जन २२.४७ प्रतिशतले बढेर २ अर्ब ७७ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने कम्पनीको खुद बीमा शुल्क २ अर्ब २६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको कुल आम्दानी १३.३० प्रतिशतले बढेर ३ अर्ब ३७ करोड ५ लाख रुपैयाँ पुगेको छ भने खर्च १५.९४ प्रतिशतले बढेर ३ अर्ब २३ करोड ७४ लाख रुपैयाँ रहेको हो ।

गत वर्षको ६ महिनामा कम्पनीले आफ्ना अभिकर्तामा २३ करोड २० लाख खर्चिएकोमा चालु वर्षको सोहि अवधिमा १४.६८ प्रतिशतको वृद्धि सहित २६ करोड ६१ लाख रुपैयाँ खर्चिएको वित्तीय विवरणले देखाएको छ।

यता, कम्पनीको प्रतिशेयर आम्दानी ५.०२ रुपैयाँ र प्रतिशेयर नेटवर्थ ११३.०२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*