झिनो अंकले बढ्यो नेप्से, लगानीकर्तामा उत्साह थपिदा करिब डेढ अर्बको कारोबार
१६ कार्तिक २०७९, बुधबार १५:१४

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ । अघिल्लो दिन मंगलबार एकाएक उच्च अंकले बढेको शेयरबजार आज ७.३२ अंकले बढेर इन्डेक्स १९३८ विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ४३ लाख ४६ हजार ७०८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४६ करोड ७९ लाख रुपैयाँमाथिको कारोबार भएको छ । अघिल्लो दिन शेयरबजारमा चमत्कारिक सुधार आउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको थियो । यसैको प्रभावले आज शेयरबजारमा करिब डेढ अर्बको कारोबार हुन पुगेको छ ।
नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज निर्जिवन बीमा, ब्यापार र बैकिङ्ग उपसूचक बाहेकका सबै सूचकमा हरियाली छाएको छ । सर्वाधिक अन्य समूहको १.४४ प्रतिशतले बढ्न पुगेको छ ।












