नेशनल लाइफ इन्स्योरेन्सको साधारणसभा मंसिर १८ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा

१७ कार्तिक २०७९, बिहीबार ११:०२

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साधारणसभा बोालाएको छ । कम्पनीले मंसिर १८ गते, आइतबार आफ्नो केन्द्रिय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको हो।

सभाले हाल कायम रहेको चुक्ता पूँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले मंसिर ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ७ गतेसम्म नेप्सेका कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*